काठमाडौ । पछिल्लो समयकी चर्चित गायिका निशु ढकालले ‘भ्यालेण्टाईन डे’ बिशेष गीत ल्याएकी छिन् । प्रेम दिवसलाई लक्षित गरेर निशुले आफ्नै शब्द संगीत र स्वरमा रहेको “आइ लभ यू” बोलको गीत भिडियोसहित सार्वजनिक गरेकी हुन् । गीत हरेक जोडीले सुन्नैपर्ने खालको छ । नविन के तिमल्सिनाको संगीत संयोजन रहेको यो गीतको भिडियोमा नविन श्रेष्ठ र स्मारिका ढकालको अभिनय रहेको छ । सुनिल शाहीको छायांकनमा तयार भएको भिडियोलाई नविन के तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका छन् । भिडियो हेर्न क्लिक शब्दमा थिच्नुहोस् ।