काठमाडौं । कुनैं पनि छोराछोरीका लागि सबथोक भनेका उसका मातापिता हुन्छन् । तर, कहिलेकाँही तिनैं अभिभावक कत्तिसम्म पाप गर्छन कि त्यसको कुनैं सीमा हुँदैन । यस्तैं घटना भारतको झारखण्ड राज्यको गुमलामा भएको छ । जहाँ आफ्नैं पिताले पाँच वर्षीय छोराको घाँटी रेटेर हत्या गरेका छन् ।

घरमा आमासँग बसिरहेको छोरालाई अचानक बाहिर लिएर पशुवली दिएको जस्तैं गरी उनको हत्या गरेका हुन् । यो सबैं कुरा अचानक भएको हुनाले उनकी आमाले राम्रोसँग के भइरहेको हो भन्ने कुराको चाल पाउँन सकिनन् । आमा दुर्गा देवीको अनुसार, गंगु उराउले छोरालाई घरभित्रबाट बाहिर निकाले र धारिलो हतियार लिएर गर्दन काटे ।

हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले हत्यारा पितालाई खोजिरहेको छ उनी अहिले फ्रहार रहेको गुमला प्रहरीले जनाएको छ । अहिले सबैंको मनमा एउटैं कुरा खेलिरहेको छ आखिर एउटा बाबुले आफ्नो नाबालक सन्तानको यसरी हत्या कसरी गर्न सक्छ ? भारतीय सञ्चारमाध्यमको सहयोगमा

सम्बन्धित खबरहरु