काठमाडौं । रहर सबैंको हुन्छ तर पुरा हुने वा नहुने त्यो फरक पाटो हो । अहिले सामाजिक सञ्जालमा सेल्फि खुबैं चर्चामा रहेको छ । स्र्माटफोनको आविस्कारपछि नैं सेल्फि आतंक सुरु भएको विश्वास गरिएको छ । आज हामी अलिक फरक प्रकारको सेल्फिको कुरा गर्न गइरहेका छौं । एउटा बालक हातमा चप्पल लिएर आफ्ना साथीहरुसँग सेल्फी खिचेजस्तो गरिरहेको छ ।

अरु बच्चाहरु साँच्चिकै मोबाइलमा फोटो खिचिँदैछ जस्तो गरी मुस्कान दिइरहेका छन् । एकजना अज्ञात फोटोग्राफरले खिचेको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यतिमात्र नभएर बलिउडका महान हस्तीहरुले यो फोटोलाई आफ्नो फेसबुक तथा ट्वीटरबाट समेत शेयर गरेका छन् ।

सर्वप्रथम अनुपम खेरले आफ्नो ट्वीटरमा यो फोटो शेयर गरेका थिए । उनले यो फोटो शेयर गर्दै लेखेका छन्, ‘कुनै चिज तिनीहरुको लागि महत्वपूर्ण हुन्छ, जसलाई सर्वश्रेष्ठ कसरी बनाउन सकिन्छ भन्ने थाहा हुन्छ ।’ त्यसपछि अन्य कलाकारहरुले पनि यो फोटोमाथि आफ्ना विचार राख्दै सामाजिक सञ्जालमा शेयर गर्न थालेका हुन् । एजेन्सी

सम्बन्धित खबरहरु