राज साह । सानो सहयोगको अनुभूती हो । पुरै पढेर मन परे सेयर गरिदिनुहोला । अरुलाईपनि आत्मासन्तुष्टिको बाटो रोज्न प्रेरणा मिलोस् भनेर मात्र यी वास्तविक क्षणलाई शब्दमा उतारेको छु । साझ करिब ५ः१० भएको थियो । बाटो छेउको पेटिमा लगाएका एक जोर जुत्ता सहितको खुट्टाहरुले आफ्नै रफ्तारमा जमिन नापिरहेको थियो । स्थान थियो पुतलिसडक, काठमाडौं ।

अफिस सकेर एउटा ट्रेनिंग क्लास लिनु पर्ने थियो, हिड्दै गर्दा पेटि छेउमा एकजना दिदिले झोलामा माक्स, रुमाल अनि छेउमा फिजांइएको केहि फलफुलहरु बेच्दै गरेको दृृस्य आखामा ठोकिन पुग्यो । छेवैमा सानि नानिले कपिमा केहि लेख्दै रहेछिन सायद स्कुलको होमवोर्क होला।

त्यो पल, त्यो दृस्यले मनलाइ भवुक बनाउन कति पनि बेर लगाएन अर्को तिर दिमागले हतार भएको घण्टि बजाइ रहेको थियो । हिंड्न थाले फेरि के नभएको, के छुटेको, के बिर्षेको जस्तै अनुभव भै रहेको थियो ।

हतारमा थिए तर पनि हिड्दा हिड्दै सोच्न भने छोडेको थिइन, बाटो भरि त्यहि होमवर्क गर्दै गरेको नानिकै नबनाइएको चित्र दिमागमा नाचिरह्यो । क्लास सकियो, ७ बजि सकेछ । बाहिर आए, ओहो । अधेंरो पनि भैसकेछ, गाडिहरुले सित्तैमा बेसुरे धुन सुनाइ रहेका थिए, पोल अनि पसलहरुमा झिलिमिलि बत्ति बलि रहेको थियो यि सबै कुराहरुको मलाइ कुनै परवाह थिएन मात्र आँखाहरुले आफ्नो डिउटी निभाइ रहेका थिए फेरि पनि त्यहि दृस्यले नै धेरै कुराहरु मनमा खेल्न थाल्यो ति दिदिको भन्दा पनि नानिको बारेमा मनमा धेरै नै जिज्ञासाहरु जमराको टुसा झै भुरुरु उम्रिन थाल्यो, को होला ति नानि, कतिमा पढ्छिन, काहा हो स्कुल, घर कहा हो अथवा बस्ने ठांउ कहां हो, हुन त यि सबै प्रश्नहरुको अनुमानित जबाफ त्यो चित्रबाटै पाउन सकिन्थियो तै पनि कहा मान्थ्यो र यो मनले।

मलाइ यि सबै प्रश्नहरुको जबाफ जान्न मन लाग्यो,एकदमै खुल्दुलि भै रहेको थियो र पाइलाहरु फेरि ति नानि भएतिरै अघि बड्न थाल्यो। सोच्दै सोच्दै फेरि म त्यहि स्थानमा पुगे, यताउता हेरे अहं कतै देखिन, अलिक पर पुगेर हेरे अहँ कतै देखिन, सोचे रात परेर ।

सायद घर फर्कि सकेको होला, भोलि भेटेर सबै कुरा सोध्छु भनेर, मनलाइ सान्तबना दिदै म पनि आफ्नो कोठा तिर फर्किने निधो गरे र चाबहिल जाने बसमा बसे। कोठा पुगेपछि पनि मनमा सान्त भएन। जसो तसो खाना खाएर सुते। भोलि पल्ट फेरि अफिस सकेर त्यहि ठाउमा पुगे कतै देखिन, फर्किने बेला हेरे देखिन, अर्को दिन फेरि हेरे देखिन, अब त सयदै भेटिन्न होला भन्ने अड्कल काटे ।

सोचे सायद भिन्दा भिन्दै ठांउमा आफ्नो पसल थाप्ने भएर होला कतै देखिएन। आफ्नो बाटो लागे। तेस्रो दिनको पालो थियो पुतलिसडकको पेटिमा सधै झै हिंडि रहेको थिए, ५ः१० जति भएको थियो। अचानक पहिलेकै ठाउमा त्यहि दिदि अनि त्यहि नानि अनि त्यहि स्थानमा तेसरिनै पढ्दै गरेको दृस्य देखे, मन फुरुगं भयो, थाहा छैन किन बेग्लै खुसि मनमा पलाएर आयो।

कसरी बोल्ने अलमल्लमा परे, छेउमा गए,दिदि एउटा माक्स दिनुस , मैले भने कुन दिनु बाबु, त्यो कालो रंगको दिनुस न । माक्स हाथमा लिदै भने कति हो माक्सको ? २५ रुपिंया , ५०० को नोट निकोर दिए । खुजुरा नै छैन खुजुरा दिनुन बाबु भन्ने जबाफ आयो । मलाइ माक्स किन्नु थिएन, मलाइ अरुनै कुरा जान्न मन थियो, त्यसकारण फेरी प्रश्न गरे यसरि माक्स बेचेर दिनमा कति कामाइ हुन्छ दिदि ?

झसंग भएर म तिर पुलुक्क हेर्नुभयो । खै त्यस्तै २०० कहिले ३०० कहिले धेरै कहिले थोरै
कति भयो यसरि बेच्न थाल्नु भाको ? फेरि सोधे । त्यस्तै एक डेड बर्ष भयो । छेउ तिर हेर्दै फेरि सोधे । तपाइ कै नानि हो ? हजुर मेरै छोरि हो । मैले फेरि नानिलाइ सोधे कतिमा पढ्छौ नानु ? ३ म, छोटो जबाफ आयो । नाम के हो नि तिम्रो ? मोना, मोनालिसा, ए । अनि बाबा के गर्नु हुन्छ ? केहि बेर रोकिएर एक छिन पछि भनिन ।

बाबा त हुनुहुन्न ? ओहो मन झनै भबुक भएर आयो । फेरि दिदि तिरै फर्केर सोधे ? माक्स बेचेर नानिलाइ पढाउन, खान, बस्न पुग्छ दिदि ? उत्तर ओयो जसो तसो गरिराको छु बाबु काठमाडौं मा धेरै नै गाह्रो छ । खर्च धान्नै गाह्रो हुन्छ । (नानितिर देखाउदै) यसको बाउ बिते देखि यो काम गर्दै गुजारा गरिराको जसो तसो बाच्नै पर्यो । मेले फेरि सोधिहाले ? कसरि बित्नु भएको नि उहा ।

हर्ट एटेक भएर (फेरि थप्दै) ड्राइवर हुनुहुन्थ्यो खान लाउन त्यति गाह्रो थिएन नानिलाइ पनि सधै पढाउन हुन्थियो स्कुलमा पहिले सधै फस्ट हुन्थि यसको बाउ बिते देखि अहिले तेस्रो–चोथौ मात्र हुन्छे । यहिं आएर पढ्छे घरमा पढ्छे अलि अलि म अक्षर चिनेकोछैन म पढाउन जान्दिन । यो सुने पछि मन झनै थामि नसक्नुको भयो, कल्पना गर्न थाले, कति दुःख छ यहा मान्छेलाइ बच्न, खान लाउन अझ मनमा ति नानि प्रति झनै माया लागेर आयो खेल्ने, उफ्रने, राम्रो संग पढ्ने उमेरमा यसरि सडक पेटिमा बसेर सामान बेच्दै पढिरहेको यि नानिको दुःख सम्झे अनि साधारण परिबार को स्कुले जिवन सम्झे अर्थात आफैलाइ स्कुले जिवनको स्मरण गरे र सोच्न थले कति सुखमा बिताएका रहेछौ हामिले आफ्नो जिवन, बुवा आमाले भनेको कुराहरुको सम्झे, कति फकाएर कति दुख गरेर, खाइ नखाइ आफ्ना छोरा, छोरिहरुलाइ उज्वल भविस्यकैलार्इ लडिरहेका हुन्छन ।

हुन सक्छ कसैले थोरै कसैले धेरै दुःख गरेको हुन्छ आखिर जस्तै अवस्थामा भए पनि सबै दुख, कस्ट मेहनत आफ्ना सन्तान कै निम्ति हुदो रहेछ। तुलना गर्न थाले आफ्नो बाल्यकाल र मोनालिसाको बाल्यकालको बिच यदि यि नानिने साधारण जिवन पाएको भएको कति पढ्थिन होला, न टिउसन, न होस्टल,न कोचिंग, बुवा बितेको आमा अक्षर नचिन्ने सिकाउने कुरै भएन तर पनि यि नानिको पढाइ प्रतिको लगाब देखेर साधार अथवा आफ्नै सुख सायल र बिलासिताको जिबन देखेर एक पटक आफ्नो जिवन प्रति लाज लागेर आयो।

यि सबै कुराहरु मनमा खेलाउदै फेरि सोधे ? कति बजे सम्म बेच्नु हुन्छ यो सामानहरु ? ७ बजे तिर फर्किन्छु घर । मैले भने ५०० राख्दै गर्नुस म ७ बजे यहा आउछु अनि बाकि फिर्ता पैसा लेर जान्छु । अप्ठ्यारो माने जस्तै गरेर हुन्छ भन्ने जबाफ आयो । केहि समय पछि त्यहि फर्किए अनि भने खुजुरा भयो दिदि देख्ना साथ बाकि रकम झिकेर दिइन् । मैले भने तपाईको नानि राम्रो पढ्ने रैछिन, म कहि सानो उपहार तपाइको नानिको लागि लिएर आको छु गाह्रो नमानि लनुस है ।

यति भनेर ब्याग, कपि, पेन्सिल इरेजर आदि निकालेर हात अघि बढाउन भने, र हस्तांतरण गरे, सुरुमा गाह्रो मानेकि मोनालिसाले आमाले लिन अनुरोध गरेपछि हास्दै आफ्नो हात अघि बढाइन्, करिब ३ दिन दिन लागेको थियो ति नानिको ओठमा यसरि मुस्कान देख्नलाइ, केहि थान कपि, पेन्सिल, इरेजर, सार्पनर अनि एउटा कार्टुनले लेपिएको ब्याग पाएपछि खुसि हुदै भन्छिन थ्यांक्यु अंकल ।

मैले त्यस्तो कुनै ठुलो काम गरेको होइन मात्र एउटी अबोध बालिका जो पढाइ प्रति एकदमै ठुलो लगाब छ उनैलाइ पढाइ प्रति अझ बढी उत्साहित गराउन र पढ्नको लागि सजिलो होस भनेर केहि थान सामाग्री हरु बितरण गरेको हुन सक्छ यो सानो सहयोगले मनालिसाको पढाइ प्रति उर्जा थपिनेछ ।

यति गरेसि बल्ल मनले शान्ति पायो अझ भनौ आत्मसन्तुष्टी पायो । यि सबै कुरा देख्दा लाग्छ जिवनले सार्थकता त्यतिबेला मात्र पुउनेछ जतिबेला यो स्बार्थि संसारमा केहि थोरै मात्रामा भएपनि आत्म सन्तुष्ट मिल्नेछ र छाति चौडा बनाइ जो कोहिको सामुन्ने भन्न सकिनेछ हो मलाइ आत्मासन्तुटको अनुभव छ । -शब्दकार राज साह

सम्बन्धित खबरहरु