काठमाडौ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” प्रस्तुत गरेको छ । बजाजले माघ २३ गते उक्त ¥याली आयोजना गरेको थियो ।

पल्सर राईड मेनियामा पोखराका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया पोखराबाट शुरु भएर घान्दु्रकमा पुगेर समापन भएको थियो । पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ ।

एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया पोखराबाट शुरु भएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजानेछ ।

सम्बन्धित खबरहरु