ललितपुर । यातायात व्यवस्था कार्यालय कुसुन्तीबाट बिचौलियाको काम गर्ने ललितपुर नख्खिपोटबस्ने भोजपुर घर भएका २५ वर्षीय निगम राई समेत १० जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ गरेकाहरुबाट यातायातमा कस्तो सेटिङ्गमा घुस धन्दा मच्चिरहेको छ भन्ने खुल्न आएको छ । कुन कर्मचारी कोसँग जोडिएका छन् । कसरी घुस खाएर काम गर्छन् भन्ने बयानबाट खुलेकाले उक्त रिपोर्ट प्रहरीले अख्तियारको प्रहरीमा पठाउने तयारी गरेको बुझिएको छ ।

यसैगरी बुढानिलकण्ठ नगरपालिका –८ हात्तीगौडाबाट जवरजस्ती चन्दा उठाउने काठमाडौं किर्तिपुर नयाँ वजार बस्ने भोजपुर घर भएका ३० वर्षीय मनोज श्रेष्ठलाईनगद ९ हजार ३ सय २५ रुपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले हात्तीगौडास्थितध्यान साधना केन्द्रको नाममा बिभिन्न पसलहरुमा जवरजस्ती चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा श्रेष्ठलाईफेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु