बाजुरा । हिमाली भेगमा हिमँपातको समयमा चोरी शिकारी बढेको छ । हिमपात भएपछि तल्लो भेगमा वन्यजन्तु झर्ने, चिसोमा बढी मात्रामा बन्यजन्तुलाई बन्दुक पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ । शिकार गर्न हिमपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ती बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले बडीमालिका, बुढीनन्दा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । बन्यजन्तुको सम्भावित वासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपी उद्धब सिहं भाटले वताए । चोरी शिकारी हुन सक्ने सम्भावना र अर्को जोखिममा परेको वन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले वताए ।

लेकाली भेगमा हिमपात भएसंगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्र रुपमा हुन थालेको छ । हिउंमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपातपछि हिमाली क्षेत्रका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गर्दछन ।

धेरै जसो गाविसमा बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पन्छीहरुको समुहमा शिकार गर्ने गरेका छन । त्यस्तै बाजुरा जिल्लाका हिमाली भेगमा बन्यजन्तुको चोरी शिकार बढेको छ ।

जिल्लाका हिमाली भेगमा बाक्लो हिमपात शूरुसँगै बन्यजन्तु तलतिर आउने भएकाले शिकारीहरु शिकार खेल्न जाने गरेको मार्तडीका लक्ष्मीराज पाध्याले बताए । शिकार खेल्न स्थानीय बासीको समुह एक दूई हप्तासम्म जंगलमा बस्ने गर्छन् । कसैले त कुकुरहरु प्रयोग गरेर मृगको शिकार समेत गर्ने गरेका छन् ।

बाजुराको सदरमुकाम मार्तडीमा प्रति डाँफे र मुनाल १५ सयदेखि २ हजार, कालिज १ हजार भन्दा बढी मुल्यमा बिक्री हुने गरेको छ । त्यस्तै बँदेल, घोरलको प्रति केजी ५ सयमा कस्तुरी मृगको मासु प्रति केजी १ हजारमा बिक्री हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एक जना शिकारीले बताए । सदरमुकाममा सबै भन्दा बढी ठेकेकदार कार्यालयका कर्मचारी र ब्यापारीहरु किन्ने गरेका छन् ।

बाघको छाला र भालुको पित्त भने चिन, तिब्बत र भारतमा बिक्री हुने गरेको पाईएको छ । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई ५ बर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

सम्बन्धित खबरहरु