काठमाडौ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा आज आकस्मिक रुपमा नेपाली सेनाका गणहरुको निरिक्षणमा निस्किएका छन् । त्रिशुलीस्थित श्री नं. १ तालिम गण र लम्जुङस्थित श्री श्रीजंग गणको निरीक्षण भ्रमणमा निस्किएको जंगी अड्डाले जनाएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । उनी आज लम्जुङस्थित श्री श्रीजंग गणमा बसेर भोली माघ २६ गते काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु