काठमाडौं । नेपालमा आफ्ना मागहरु सम्बोधन गराउँनको लागि अनेक उपाय अपनाउँन थालिएको छ । पहिले पहिले आन्दोलन चक्काजाम जस्ता कार्य गरेर सम्बन्धित निकायलाई दबाब दिने गरिन्थ्यो तर अहिले तरिका फेरिएको छ । अब नेपालमा आफ्ना माग पुरा गर्नको लागि सत्याग्रह सजिलो माध्यम बन्न थालेको छ ।

नेपालमा डा. गोविन्द केसीले अनसन बसेरै पटकपटक भएको लडाईमा आफ्नो पक्षमा नतिजा पार्न सफल भएका छन । अब अरुले पनि उनैं केसीको सिको गर्न थालेका छन । राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले सरकारलाई अनशन बस्ने चेतावनी दिएका छन् । झापाबाट निर्वाचित सांसद् लिङ्देनले आफु निर्वाचित क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोकेको प्रति आपत्तति जनाउँदै अनशन बस्ने चेतवनी दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो क्षेत्रलाई उपेक्षित गरेको बताएका छन् । उनले संसद्मा भने ‘नसच्याए साँच्चिकै अनशन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु ।” सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए ।

सम्बन्धित खबरहरु