रुपन्देही । नेपालमा पछिल्ला दिनहरुमा राजतन्त्र फर्कन सक्ने खत्तरा देखिएको छ । अहिलेको कम्युनिष्ट सरकारको विकल्पमा केही व्यक्तिहरुले नेपालमा फेरि राजतन्त्र फर्कने जनाउँदैं आएका छन् । यस्तै, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन् ।

हिजो बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको बताए । अध्यक्ष केसीले सङ्घीय प्रणालीले देश अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको जनाए ।

राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उहाँले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गरे । देशमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरेका हुन् । केसी सुरुदेखि नैं संघीयताको पक्षमा छैनन, उनले संघीयता नेपालजस्तो देशका काम नलगान्ने बताएका छन् ।

सम्बन्धित खबरहरु