नेपालमा वर्षेनी २ हजार भन्दा धेरैं बालबालिका वेपत्ता ! कहाँ जान्छन ?


काठमाडौं । नेपालमा पछिल्ला वर्षहरुमा बालबालीका हराउँने क्रम बढेको छ । मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको डरलाग्दो प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको बताउनुभयो ।

हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्यांकले देखाएको छ । तथ्यांकमा १ हजार ४ सय ९ जना बालिका मात्रै हराएको देखिएको छ । जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरु बढी हराएको तथ्यांकले हदेखाएको छ । पाँच वर्षसम्मका १३ जना, ६ देखि १० वर्षसम्मका ३३ जना, ११ देखि १४ वर्षसम्मका ४ सय ५ जना र १५ देखि १८ वर्ष उमेर सम्मका ९ सय ५८ गरी १ हजार ४ सय ९ जना बालिका मुलुकबाट बेपत्ता भएका छन् ।

त्यस्तै पाँच वर्षसम्मका ३३ जना, ६ देखि १० वर्षसम्मका १ सय १३ जना, ११ देखि १४ वर्षसम्मका ५ सय २ जना र १५ देखि १८ वर्ष उमेरसम्मका २ सय ८४ गरी ९ सय २१ जना बालक हराइरहेको बताइएको छ । धेरै बालबालिका हराउने प्रदेशमा पहिलो स्थानमा प्रदेश नम्बर ३ परेको छ ।

तथ्यांकअनुसार प्रदेश ३ बाट मात्रै ७ सय २ जना बालबालिका हराएका छन । ३ सय ८५ जना बालिकास प्रदेशबाट बेपत्ता भएका छन् भने ३ सय १७ बालक हराएको केन्द्रले जानकारी दिएको छ । त्यस्तै धेरै बालबालिका हराइरहेको प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश नम्बर ५ परेको छ । प्रदेश ५ मा ३ सय ४१ जना बालबालिका हराइरहेका छन् । जसमा बालिका २ सय १२ र बालकको संख्या १ सय २९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातक तहको परीक्षाफल सार्वजनिक [अनलाईन नजिता हेर्ने तरिकासहित]
सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि
स्नातकोत्तर तह प्रथम बर्षको सबै संकायको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
बीए, बीबीएस, बीएड, बिएस्सी तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक [केन्द्रको नामावलीसहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत