काठमाडौं । विवाह महोत्सव चलिरहेको थियो बेहुला हर्षको नाच नाच्दैं बेहुलीको तिर गइरहेका थिए अचानक बिचमा नैं पुल भाँचियो । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् अचानक पुल भाँचिन्छ् । यो सुन्दा कुनै चलचित्रको दृश्यजस्तो लाग्छ तर यो सत्य हो ।

शनिबार राती जन्तीको यही नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् ।बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका खुब नाँचिरहेका थिए पछि पुल एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्ने गर्दछ । प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए ।

‘मिथिलेस उपाध्याय, स्टेशन आवर अफिसरले भने, “बेहुलालगायत १५ व्यक्ति पुल भाँच्चिएपछि नाली खसेको घटनाबारे हामीले करिब साढे ९ बजेतिर थाहा पायौं । आठ वर्ष मुनीका दुई बालक घाइते भएपछि नजिकैको अस्पताल पुर्याइएको छ । यसबारे मुद्दा दर्ता गरिएको छैन । दुई पक्षबीच सम्झौता भएको छ,’ । घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । एजेन्सी

सम्बन्धित खबरहरु