काठमाडौं । सोमबार बिहानै गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । आज बिहान बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो । सिनामङ्गलमा उनी हिडिरहेको बेला गाडीको ठक्करबाट उनको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएपछि काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा ज्यान गएको बताइएको छ ।
बसको ठक्करले पैदल यात्रुको ज्यान गयो !
- जनबोली न्यूज नेटवर्क