काठमाडौ । गायिका इन्दु बानियाँ र विवि अनुरागीको “दिल राजा, दिल रानी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतले बजारमा निक्कै सफलता पाउँने अपेक्षा गरिएको छ । म्युजिक भिडियोमा अहिलेका चर्चित नायक नायिका पल शाह र आँचल शर्मालाई देख्न सकिन्छ ।

गीतमा शब्द सुमन श्रापितको छ भने गायनमा इन्दु बानियाँलाई वि.वि अनुरागीले साथ दिएका छन् । संगीतपनि वि.वि अनुरागी कै छ । गीतमा नायक नायिका पल र आँचलले भरपुर रोमान्स गरेको देख्न पाईन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । क्लिक शब्दमा थिच्नुहोला ।

गायिका इन्दु नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । उनै गायिकाले प्रेम दिवस अर्थात “भ्यालेनटाईन डे” को अवशर पारेर यो नयाँ सांगीतिक कोसेली ल्याएकी हुन् । उसो त इन्दु बानियाँमा सानै देखि नेपाली गीत संगीतप्रति विशेष प्रेम र चासो थियो । त्यहि प्रेमले हुनुपर्छ सानोछँदा देखि नै गीतहरु गुनगुनाइरहन्थिन् विशेषतः अरुणा लामाका गीत भनेपछि भुतुक्कै हुन्थिन् । तर आफुलाई गायिका नै बन्ने बाटोमा भने हिंड्न अलि ढिलो भएको उनको बुझाई छ । परिवारलाई छोरीले लोकसेवा पढिदियोस् र सरकारी जागिर खाओस् भन्ने चाहना थियो ।

परिवारको यस्तै यस्तै चाहना र आफुले पनि परिवार सामु विद्रोह गर्न नसकेकाले सांगीतिक धरातलमा प्रवेश गर्न अलि ढिला भएको उनी बताउँछिन् । इन्दुले ‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको गीतबाट आफ्नो सांगीतिक करियर शुरु गरिन् । राम अविरलको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतबाट नै उनको स्वरले निकै तारिफ पाउन सफल भयो । त्यसपछि इन्दुको कर्णप्रिय आवाजले सजिएको ‘सबै गुमाएर बरु’ बोलको गीतको अडियो सार्वजनिक भएसँगैै उनको गायकीले निकै तारिफ पायो ।

रेखा कौशल रेग्मीको शब्द रचनामा रहेको गीतमा इन्द्र जी।सी।को संगित संयोजन रहेको उक्त गीत सुनेपछि बानियाँको गायकीमा जो कोही मन्त्रमुग्ध अवश्य बन्नेछन् । पछिल्लो समयमा प्रतिभाशाली उदयीमान गायिकाको पंक्तिमा दर्ज भएकी गायिका इन्दुको स्वर सजिएको अर्को गीत –‘राम कसम चट्टै’ पनि चर्चाको शिखरमा छ । गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै गीतले निकै चर्चा पाएको छ ।

यस गीतले नै इन्दुलाई गायनमा स्थापित बनाएको छ । हुन त संगीतको बाह्रखरी पढ्दै छु तर पनि मलाई यस गीतले स्रोतामाझ गायिकाको परिचय दिएको छ कुनै घमण्डनै नराखी इन्दु बताउछिन् । बिन्ध्यवासिनी म्युजिक प्रा।लि।को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनोजराज शिवाकोटीको शब्द, संगीत रहेको छ । उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय निक्कै रोचक देखिन्छ ।

गीतको भिडियो सार्वजनिक भएसँगै इन्दुको चर्चामात्र बढेको छैन सफल पनि भएको छ । सोही गीतबाट इन्दु राप्ती म्यूजिक अवार्ड २०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम संगीत विधाको अन्तिम ५ सम्म छानिएकी छिइन् ।

गायन क्षेत्रमा प्रवेश गरेको छोटो समयमा र संख्यात्मक हिसाबले थोरै नै सिर्जना भएता पनि उनका हरेक गीतले चर्चा र सफलता पाउने गरेकै छन् । पछिल्लो समयमा कृष्ण पौडेलको शब्द र दिपक शर्माको संगीत रहेको ‘गाई चराउने पाखैमा’ बोलको गीत रेकर्ड गराएकी इन्दुको बाँचुञ्जेली नेपाली संगीतमा सक्रिय रहने र रहर योजना छ । उनी सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित भइसकेकी छिन् ।

क्यापिटल इभेण्टद्धारा आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई उक्त अवार्ड प्रदान गरिएको थियो । विएफ डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा ९पहिलो प्रेम० बोलको गितबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट नबगायिको अवार्ड इन्दुलाई दिइएको हो । यस गीतमा गीतकार कृष्ण पौडेलले शब्द रचना गरेका छन् भने स्वर इन्दुको रहेको छ । संगीत दिपक शर्मा, एरेन्ज उदयराज पौडेल र भिडियो डाईरेक्सन सान्त कुमार थापा मगरले गरेका छन् ।

सम्बन्धित खबरहरु