काठमाडौं । पुर्व भिआइपीहरुको सुरक्षामा अहिले पनि सरकारले करोडौं रकम खर्च गर्ने गरेको छ । नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाएरको हो । यस्ता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाएको प्रधान कार्यालयले जनाएको छ । ‘जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षाका थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अखधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो ।

अहिलेसम्म दुर्ई सय ८० जना फिर्ता भएका न् यो क्रम जारी छ,’ स्रोतले भन्यो । अंगरक्षक खोसिने पूर्वमन्त्री गोविन्दराज जोशी, अमरेश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्व आइजिपीहरु हेम गुरुङ, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन् । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु