एजेन्सी । मोटोपन नेपालीहरुका लागिपनि एक जटिल समस्या बन्दै आएको छ । मोटोपनले भद्धा देखिने असहज हुने मात्र हैन रोगको पोको लिएर आउँछ ।

 

यसैले यो समस्याबाट धेरै ग्रसित छन् । आज हामी कुनै असर सहजै मोटोपन घटाउने उपाय बताउँदैछौ । मोटोपन घटाउनका लागी गर्नुहोस यि कामहरु

  • जाम, घिउ, बोसोयुक्त, मसालेदार, भुटेको, तारेका र धेरै चिल्लो खानेकुरा नखाने । व्यवस्थित र सन्तुलित खानाका लागी तालिका बनाउने ।
  • नियमित रुपमा कसरत, जिम, हिँडडुल, योग आसन, प्राणयाम गर्ने ।
  • चिनी, चकलेट, आईसक्रिम जस्ता कुराको सकेसम्म कम प्रयोग गर्ने ।
  • हरियो तरकारी, सलादका रुपमा गाँजर, मुला, काँक्रो, टमाटर सेवन गर्ने ।
  • ताजा फलफूलको प्रयोग गर्ने ।
  • ब्रेकफास्ट धेरै खानुहोस । कम ब्रेकफास्टले दिउँस धेरै भोक लाग्ने हुँदा आवश्यकता भन्दा धेरै खाना खाईन्छ । त्यसैले बिहानको ब्रेकफास्ट धेरै खानु राम्रो हुन्छ ।
  • पानीको मात्रा थोरै भएका खानेकुरा वा पेय पद्धार्थ कम खाने । सोडा, जुस जस्ता पद्धार्थको कम सेवन गर्ने ।
  • कालो चिया मात्र पिउने ।
  • नियमित रुपमा रोटी खाने बानि बसाल्ने । गहुँको रोटी, ब्राउन राइस र मकैको खानेकुरा खाने मानिसमा मोटोपन हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ ।
  • बजारमा सजिलै पाईने जंकफुड र फास्टफुडलाई आफ्नो खानेकुराको तालिकाबाट हटाउने ।
  • अत्याधिक गुलियो खानेकुरा नखाने, उसिनेका खानेकुराहरुलाई प्राथमिकता दिने, खानामा सलाद नछुटाउने र दैनिक प्रशस्त मात्रामा पानी पिउने ।
  • नजिक पुग्न पनी सवारी साधनमै जाने परम्परालाई तोड्ने ।

ग्रिन टि र पुदिनाको प्रयोग ।
ग्रिन टि मा एन्टिअक्सिडेन्ट हुन्छ । यसले हामिलाई फ्रेस बनाउन मद्धत गर्छ । ग्रिन टि मा कफिन पनी हुन्छ, यसले तौल घटाउन मद्धत गर्छ । त्यस्तै ग्रिन टि मा क्याटचिन पनी हुन्छ, यसले पनी तौल घटाउन मद्धत गर्छ । पुदिनाले हाम्रो पाचन प्रणाली राम्रो बनाउँछ । यि दुईको प्रयोगबाट तौल सन्तुलन बनाउन सहयोग पुग्छ ।

बनाउने तरिका
एक गिलास पानी, दुई चम्चा ग्रिन टि र ६—७ वटा पुदिनाको पातलाई साथमा राखी ५ मिनेट उमालेर, छानेर पिउने । मौसम र अनारको जुस पिउने । मौसम, अनार र १—२ चम्चा मह लिने । मौसम र अनारको रसमा मह मिसाएर स्वाद अनुसार नुन मिसाई घोलेर पिउने ।

सम्बन्धित खबरहरु