नयाँ दिल्ली । समय–समय र देश अनुसार अलग–अलग खबर आइरहेका छन् । डिजिटल दुनियाँको मज्जा नै यही हो । डिजिटल संसार शुरु भएपछि विश्वभरीका खबरहरु पढ्न र सुन्न पाईन्छ । आज हामी विश्वको एक देशको सामानको मुल्यको कुरा गरिरहेका छौ । जहाँ आलु को मुल्य प्रतिकिलो १७ हजार पुगेको छ । आलु, प्याज, दुधको सही दाम नपाउँदा नेपालमा किसानहरुले सडकमा फ्याली रहेका छन् । नेपालका लागिपनि आलू १७ हजार रुपैयाँ, दूध ६ हजार रुपैयाँ प्रति लीटर मिले किसान कति खुशी हुने थिए ।

हामीले बताएको यो मुल्य नेपालको भने हैन भेनेजुएला भन्ने देशमा अहिले यी बस्तुको मुल्य यति आकाशिदो छ कि सुन्दा विश्वकै मानिस चकित भइरहेका छन् । यहाँको पछिल्लो राजनीतिक स्थितिका बारे विश्वका मानिसहरु सबैलाई थाहा नै छ । यहाँ शासकबीच भएको राजनीतिक खिचतानीले मानिसहरु हैरान भएका छन् ।

उनीहरुलाई खान खान हैरान भएको छ । भोकमरीले गाँजेको छ । यहाँ मानिसहरुले १ किलो चामलका लागि मानिसहरुको हत्या गर्न थालेका छन् । खराब आर्थिक अबस्थाका बावजूद भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अन्तरराष्‍ट्रीय मद्दत लिन अस्वीकार गरिरहेका छन् । मादुरो भनिरहेका छन् की उनको देश भिखारी हैन । यहांका जनता निक्कै तड्पी रहेका छन् । यहाँ अमेरिकाले हस्तक्षप गर्न खोजिरहेको छ ।

आर्थिक संकटमा गुज्रिएको भेनेजुएलामा १ किलो चिकन १०२७७ रुपैयाँ भइसकेको छ । उनीहरुले बाहिर होटलमा एक छाक खाना खानु परेमा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ । एक दर्जन अण्डा किन्न ६५३५ रुपैयाँ चुकाउनु पर्छ । १ केजी टमाटरको ११ हजार रुपैया पर्दछ । १७ हजार रुपैयाँ किलो आलु, रेड टेबल वाइन ९५ हजार रुपैयाँ, घरेलू बीयर १२ हजार र कोका कोला किन्न समेत २ लीटर बोतललाई ६ हजार रुपैयाँ पर्दछ । हिन्दी न्यूज २४ अनलाईनबाट

सम्बन्धित खबरहरु