एजेन्सी । माया लगाउनु जति सकस छ । माया बचाएर राख्नु त्यति नै सकस छ । यो सकसपूर्ण कार्यबाट सधै सजग नरहे धोका पाईन्छ । एकदिन प्रेमीले छोडिदिनेछन् । श्रीमान्–श्रीमतीमापनि यही नियम लागू हुनेछ । केटा होस् कया केटी यी ६ मुलमन्त्र कहिलै नभुल्नुहोस् ।

सँगै हुँदा कहिलै भिन्नाभिन्नै नसुत्नुहोस् । शारिरीक रुपमा अलग हुन थाल्नुभयो भने बुझ्नुहोस् की अब मायापनि टाढा हुँदैछ । यसैले जहाँ जस्तो अवस्थामा रहेपछिसँगै हुँदा राति सँगै सुत्नुहोस् । अन्यथा मायाको डोरी चुडिनेछ ।

हरेक समय मोबाईल मात्र हेर्नुहुन्छ । मोबाईलको म्यासेज बक्स, सामाजिक सञ्जालका इन्बक्समा मात्र ध्यान छ भनेपनि बुझ्नुहोस् तपाईको सम्बन्धको आयु छोटिदैछ । यसैले यस्तो बानी छ भने अहिले नै रोक्नुहोस् ।

श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमीका भन्दा भिन्नै ज्यादा रमाउने बानी छ भनेपनि अब तपाईको सम्बन्ध चिसिन थालेको छ । चिसिएको सम्बन्धलाई न्यानो बनाई हाल्नुभयो भने बच्यो नत्र मायाको डोरो नछिन्ला भन्न सकिन्न । यसैले अरुलाई दिएको धेरै समय अब आफ्नै सम्बन्धवाल, सम्वन्धवालीलाई दिनुहोस् ।

पूर्व प्रेमी–प्रेमीकाका बारेमापनि भूलेरपनि कुरा नगर्नुहोस् । यसो गर्न थाल्नुभयो भनेपनि सम्बन्ध चैट हुनेछ ।

पैसाको कुरा गरे सम्बन्ध चैट । अधिकांश समय पैसाको कुरा मात्र गर्नुभयो भने सम्बन्धमा चीसो बस्नेछ । हिसाब मात्र खोज्नुभयो भने हिसाबले सम्बन्धनै चुडाएर लैजानेछ ।

भिन्न खानपान शुरु गर्नुभयो भनेपनि सम्बन्ध धेरै टिक्दैन । श्रीमान वा श्रीमतीले एउटा कुरा मन पराउने यसैको सम्बन्धवालले त्यही कुरा मन पर्दैन भनेर छिछिदुरदुर गर्न थाल्नुभयो भने सम्झनुहोस् । सम्बन्धमा चीसो पस्नेछ । यो अति उपयोगी सन्देश आफुले पढेपछि अरुका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु