जनकपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको धेरै समय भएको छैन । उनको हत्यारा अहिले पनि प्रहरी खाजिरहेको छ । यो बिचमा धनुषामा फेरी अर्को दुखद घटना घटेको छ । छिमेकीको बिहेमा राति रमाउँदै नाचिरहेकी धनुषाकी एक बालिका विहान विभत्स रुपमा हत्या गरिएको अवस्थामा फेला परेकी छन् ।

धनुषाकी ९ वर्षीया बालिकको शव उखुबारीमा जलाइएको अवस्थामा फेला परेको हो । मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ९ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी आधा जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले जनाए ।

गाउँभन्दा ५०० मिटर पर रहेको उखु काटिसकेको खेतमा उखुका पातले जलाएको अवस्थामा बिहीबार बिहान बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार रेश्मा बुधबार बेलुका गाउँमा रहेको बिहेमा नाचिरहेकी थिइन् । अभिभावकले बिहेमै होली भन्ने ठानेर उति ख्याल गरेका थिएनन् ।

बुधबार बिहान उखुबारीमा उनको शव भेटियो । बालिकालाई कसैले बिहे घरबाट उठएर लगी बतात्कारपछि हत्या गरेको प्रहरीको अनुमान छ । संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरका एसएसपी शेखर कोइराला, जनकपुर अञ्चल अस्पलतालका डाक्टर केडी दाससहितको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाइ अञ्चल अस्पताल जनकपुरमा ल्याएको थियो । अहिले बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

सम्बन्धित खबरहरु