सोलुखुम्बु । सोलुखुम्बुका सरकारी कर्मचारीहरुका लागी बनाइएको आवास गृह अझैपनि संचालनमा आउन सकेको छैन । सदरमुकाम सल्लेरी स्थित जिल्ला आयुर्देब कार्यालय नजिकै रहेको २ तले भवन प्रयोग बिहिन भएपछि जिर्ण बन्दै गएको हो । सहरी बिकास मन्त्रालय अन्र्तगत भवन डिभिजन कार्यालय ओखलढुङ्गाको आर्थिक सहयोगमा २ बर्ष अघिनै निमार्ण सम्पन्न भएको भवन अहिले बेवारिसे बनेको छ ।

प्रयोगमा नआएको भवनको सिसाको झ्याल, धारा, ट्वाईलेट तथा बाथरुममा जडान गरिएका भौतिक सामाग्रीहरु टुटे फुटको अवस्थामा छन् । यस्तै भवनभित्र जताततै दिसाब पिसाब गरिएको र कण्डमका खोलहरु यत्रयत्र छरिएका अवस्थामा छन् । रातीको समयमा युवायुबतीहरु आउने गरेको देखेपनि आफ्नो जिम्मामा नभएकाले वास्ता नभएको स्थानिय बासिन्दाहरु बताउँछन् । पहिले भवनको संरचना राम्रो भएपनि प्रयोगमा नआउँदा वेवारिसे बनेको एक महिलाले बताउनुभयो ।

एटेज बाथरुम, ट्वाईलेट, किचन, झ्याल ढोका, बिद्युत तथा खानेपानी सहितको २ तल्लाको ८ कोठे भवन निमार्ण कम्पनीले आफ्नो जिम्मेवारी पुरा गरी बुझाईसकेको छ । ७८ लाखको लागतमा कालिका ईन्जिनियरिङ जेबीले डेढ बर्ष अघि नै निमार्ण सम्पन्न गरी भवन डिभिजन कार्यालय ओखलढुङ्गालाई बुझाएको थियो । आफुले सबै प्रक्रिया पुरा गरी संघिय आयोजना कार्यान्वयन ईकाई बिराटगरलाई जिम्मा लगाएको भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख रुद्रप्रसाद मिश्रले बताउनुभयो ।

संघिय सरचना पश्चात जिल्लास्थित कार्यालयहरुको संरचना भंग भएपछि कामकाज लथालिंग भएको बिराटनगर कार्यालयले जनाएको छ । यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबाट बार्याबिधि बनेर स्वीकृती आउनुपर्ने भएकाले ढिलाई भएको बताउनुभयो । ।

आवास गृह संचालनका लागी कार्याबिधि बन्ने प्रक्रियामा रहेकाले चाँडै भवन संचालनमा आउने उहाँले बताउनुभयो । निमार्ण सम्पन्न भएको डेढ बर्ष सम्म भवन संचालनमा आउन नसकिरहेको अवस्थामा निजामती कर्मचारीहरुकै लागी अर्को भवन निमार्ण सुरु गरिएको छ ।

सोलुखुम्बुकै सल्लेरी स्थित थापा टोलमा ८ कोठाको अर्को सुबिधा सम्पन्न भवन बन्न लागेको हो । आगामी चैत्र मसान्त सम्ममा भवन निमार्ण सम्पन्न गरिसक्न ट्रस्ट निर्माण सेवा कम्पनीलाई जिम्मा दिईएको छ । भवन एक करोड ९८ लाखको लागतमा सहरी बिकास मन्त्रालय अन्र्तगत भवन डिभिजन कार्यालय, ओखढुङ्गाको सहयोगमा बन्न लागेको बताईएको छ । पुर्बेली न्युजबाट

सम्बन्धित खबरहरु