काठमाडौ । नवलपरासीको देवचुली अहिले धार्मिक पर्यटनको केन्द्र भएको छ। यहाँ निर्माण भएको शाश्वत धामले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको हो। यस क्षेत्रलाई सिजी टेम्पलको नामले पनि चिनिन्छ।

चौधरी फाउण्डेसनले निर्माण गरेको यस मन्दिर २०७३ मा ‌ फागुनमा ‌‌‍उद्घाटनपछि धार्मिक पर्यटकका लागि नयाँ गन्तव्य भएको छ। करिब सात बिघामा फैलिएको शाश्वत धाममा खजुराहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर प्रमुख आकर्षण हो। मन्दिरलाई चारैतिरबाट सरोवर (कुण्ड) ले घेरेको छ।

धाम परिसरमा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनीस्थल, धार्मिक संग्रहालय, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड छ। यसरी नै डिजिटल पुस्तकालय, गौशाला, अर्ग्यानिक खेती, योग तथा ध्यान केन्द्र, भोजनालय र वैदिक सनातन हिन्दू धर्मसँग सम्बन्धित अन्य महत्वपूर्ण वस्तु पनि छन्।

धाम परिसरभित्र हिन्दु मन्दिरका साथै बुद्धको मूर्ति र स्तुपा पनि रहेका छन्। मुख्य द्वारबाट प्रवेश गर्ना साथ आकर्षक शैलीमा बनेको दश द्वारले जो कोहीलाई प्रफुल्लित बनाउँछ। मन्दिर परिसर घुमिसक्दा मनलाई नयाँ ऊर्जा थपिएको महसुस गराउँदछ।

सम्बन्धित खबरहरु