काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी र गरिबीका कारण विदेश जाने नेपालीहरुको संख्या पछिल्ला दिनहरुमा विस्तारैं कम हुँदैं गएको छ । लाखौं सपना बोकेर विदेशी भुमिमा आउँने नेपालीहरुको हरेक दिन कुनैं न कुनैं कारणले ज्यान जाने गरेको छ । यस्तै, कतारको एलजी कम्पनीमा कार्यरत एक नेपाली कामदारको शुक्रबार हृदयाघातबाट मृत्यु भएको छ ।

धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदाको ज्यान गएको हो । कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत सदाको शुक्रबार बिहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर ज्यान गएको हो । अर्कोतर्फ त्यसै कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको थियो । आफुसँग काम गर्ने साथीहरुको मृत्यु भएको कुरा कम्पनीमा कार्यरत नेपाली कामदार सूर्य खड्काले बताएका हुन् ।

सम्बन्धित खबरहरु