नयाँ दिल्ली । भारत अहिले जम्मु काश्मिरमा भएको आतंकवादी आक्रमणबाट क्षत विक्षत भएको छ । नेपाल लगायत धेरैं देशहरुले भारतीय सैनिकको मृत्युलाई लिएर दुःख व्यक्त गरेका छन । यो बिचमा ४६ जना भारतीय सैनिक शहिद भएको खबर बाहिर आएका छन् । यो आक्रमण पाकिस्तानले गराएको भन्दैं भारतले आरोप लगाएको छ तर पाकिस्तानले यो घटनामा आफ्नो संलग्नता नभएको जनाउँदैं आएको छ ।

शोकमा डुबेको भारतलाई केही भएपनि राहत दिनको लागी भारत र सिंगो एसियाका सबैंभन्दा धेरैं धनी मुकेश अम्बानी अगाडी आएका छन् । अम्बानीले शहिद परिवारलाई राहत स्वरुप जागिर र पढाई खर्च व्यहोर्ने भएको हो । अम्बानीको रिलायन्स फाउन्डेशनले शहिद परिवारको जिम्मेवारी लिने जनाएको छ । फाउन्डेशनले अस्पतालमा उपचार गरिरहेका घाइते जवानहरुको उपचारमा पनि सक्दो सहयोग गर्ने भएको छ ।

सैनिकहरुले देशका लागी लडेको भन्दैं उनीहरुको परिवार र बच्चाको भविष्यको जिम्मा लिनु आफ्ना लागी ठुलो धर्म भएको भनिएको छ । पाकिस्तानी आतंककारी संगठन जैश ए मोहम्मद ले जम्मू र कश्मीर को पलवामा बिहीबार आक्रमण गरेको थियो । सीआरपीएफका ४६ सैनिकहरू शहीद भएका छन् । एजेन्सी

सम्बन्धित खबरहरु