काठमाडौं । नेपालीमा नजिकको तिर्थ हेला भन्ने उखान चर्चित छ । हामी नेपालमा बसेर आफु बसेको ठाउँलाई संसारको सबैभन्दा नराम्रो भन्न भ्याइरहेका हुन्छौं । तर संसारले नेपाललाई विश्वकैं स्वर्ग हो भन्छ, हामीले हाम्रो महत्व बुझ्न आवश्यक छ ।

हामीले फोहोरी मान्ने गरेको हाम्रो राजधानीलाई संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनीले शिर्ष स्थानमा राखेको छ । लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको छ । लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ ।

सन् २०१५ को भूकम्पले काठमाडौंको रुप केही बिगारे पनि पुनर्निर्माण भैरहेको र यहाँका सम्पदा अत्यन्तै सुन्दर रहेको वेवसाइटमा उल्लेख छ । काठमाडौंको ट्राफिक व्यवस्था दश वर्षकैं राम्रो रहेको कुरालाई बढी महत्व दिएको छ ।

त्यसबाहेक वाइफाइ, शान्तपना, नियमित विद्युत लगायतका कारण काठमाडौं झनै घुम्नलायक सहर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । घुम्नैपर्ने उत्कृष्ट ५ सहरको सूची अनुसार पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा संयुक्त राज्य अमेरिकाको मायामी र पाँचौमा नेपालको काठमाडौं परेको छ ।

नेपालको छिमेकी भारत भने १० औं मा पनि अटाएको छैन । अन्यमा छैठौंमा मेक्सिकोको मेक्सिको सिटी, सातौंमा सेनेगलको डाकर र आठौंमा अमेरिकाको सियाटल, नवौंमा क्रोएसियाको जदार र दशौंमा मोरक्कोको मेक्नेज सहर रहेका छन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु