काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा पशुपति शर्मा एकदमैं चर्चामा रहेको नाम हो । शर्माले नेपाली समाजमा भएको मौलिकतालाई आफ्नो गीतमा प्रकट गर्ने गरेका छन । नेपाली बजारमा शर्माका दर्जनौं गीतहरु चर्चित भएका छन् । यो बिचमा उनले नेपाली परिवेशलाई समेटेर 'लुट्न सके लुट कान्छा नेपालमा नैं हो छुट' भन्ने गीत नेपाली बजारमा भर्खरैं ल्याएका थिए ।

गीतमा गलत्त शब्दको प्रयोग गरिएको र सरकारको तिव्र आलोचना भएको भन्दैं विरोध हुन थालेपछि परिमार्जन सहित राख्ने गरी उनले युट्बबाट उक्त गीत हटाएका छन् । गीत हटेपछि अहिले गीत प्रति समर्थन जनाउँदै आज माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन् ।

माइतीघरमा उनीहरुले शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिए । युवाहरु शर्माको गीत बजाएर नाचेका थिए । उनीहरुले ‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्न्स रु भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीत ? ओली सरकार वाक् स्वतन्त्रता खोइ ? जस्ता प्ले कार्ड बोकेका थिए । अहिले सामाजिक सञ्जाल समेत शर्माको समर्थनमा रंगिएको छ ।

सम्बन्धित खबरहरु