काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रहेका गोकुल बाँस्कोटाले लोकगायक पशुपति शर्मालाई आफुने नचिनेको बताएका छन् ।

यो सँगैं उनले ‘लुट्न सके लुट कान्छा’ माथि सरकारले प्रतिबन्ध नलगाएको पनि जनाएका छन् । उनले भने,‘को पशुपति शर्मा ? म चिन्दिन । तपाईले आफैं सोध्‍नुस् न बरु ।’

उनले आफूले कुनै पनि लोक दोहोरी गायकलाई नचिनेको भन्‍दै यसबारेमा प्रश्‍न नगर्न अनुरोध गरेका हुन् । ‘लुट्न सके लुट् कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहीबार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरेपछि एकाएक चर्चा भइरहेको छ ।

देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतिले गीतमा निकै मार्मिक ढंगले समेटेका छन् । गीतमा प्रयोग भएका केही शब्दले गलत्त अर्थ दिएको भन्दैं विरोध हुन थालेपछि परिमार्जन गरेर नयाँ भिडियो राख्ने जनाइएको छ ।

सम्बन्धित खबरहरु