काठमाडौ । अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताका बिच चर्चामा रहेको लुट्न सके लुट बोलको गीत पुर्ण रुपमा राजनीतिकरण भएको छ । सरकारले यसमा प्रयोग भएका केही शब्दले देश र जनताको गरिमामाथि खलेको जनाएको छ, भने प्रतिपक्षले सरकारले आलोचना सहन नसकेको बताउँदैं आएको छ ।

यो बिचमा पूर्वप्रधानमन्त्री एवम नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’लाई पुरस्कृत गर्न माग भनेका छन् ।

आइतबार उक्त गीतसहितको एउटा ट्वीटमा प्रतिक्रिया जनाउँदै डा. भट्टराईले पशुपति शर्माको सो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय भएको उनले जनाएका छन् ।

उनले लेखेका छन्, ‘पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो ।’उनले उक्त गीतलाई ‘दण्डित होइन, पुरस्कृत गरियोस्’ भनेका छन् । सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरोस् भन्दै उनले चेतावनीसमेत दिन भ्याएका छन् ।

सम्बन्धित खबरहरु