काठमाडौं । काश्मीरको पुलावामा भएको आतंकवादी आक्रमणमा ४६ जना भारतीय सैनिक मारिएको तीन दिन भित्रमा फेरि अर्को शक्तिशाली विष्फोट भएको छ । पाकिस्तानी सेनाले भनेको छ कि उनीहरुले सीमाक्षेत्रमा भएको यो आत्मघाती आक्रमणबाट आफ्ना नौं सैनिक गुमाएका छन भने अन्य ११ जना गम्भिर घाइते भएका छन् ।

यसरी हेर्दा सीमा क्षेत्रमा भएको एकैं प्रकारको आक्रमणमा दुबैं देशका ५५ जना जवान शहीद भइसकेका छन् । पाकिस्तानी सेनाकाअनुसार बलूचिस्तानको चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) नजिकैं पाकिस्तानी सैनिकमाथि आत्मघाती आक्रमण भएको हो ।

पाकिस्तानको दि बलूचिस्तान पोस्टका खबरअनुसार तुर्बत र पन्जगुरमा भएको आक्रमणको जिम्मेदारी बलूच राजी अजोई संगर संगठनले लिएको छ ।

यो संगठन बलूचिस्तान लिबरेशन फ्रंट, बलूच लिबरेशन आर्मी र बलूच रिपब्लिकन गार्ड्सको संयुक्त संगठन हो । साऊदी अरबका राजकुमार मोहम्मद बिन सलमान पाकिस्तान आउँने खबर आएको केही समय पछि नैं यो आक्रमण भएको हो । अमरउजालाबाट

सम्बन्धित खबरहरु