काठमाडौ । चर्चिच गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ यूट्युबाट हटाएपछि नेपाली सांगीतिक क्षेत्रमा एउटा तरंग सृजना भएको छ । करिब ४ दिन पहिले पशुपति शर्माकै आफ्नै च्यानलबाट अपलोड भएको गीत टेण्डिङको नबौं स्थानसम्म आउँदा बिबादमा मुछियो पछि उनले भिडियो हटाए ।

गीत यूट्युबाट हअटेपछि बिभिन्न आरोपहरु पशुपतिलेमात्र खेपेनन्, केपी शर्मा ओली सरकारको दबाबमा परेर गीत हटाएको चर्चा समेत चल्यो । कतिपयले गीतलाई सकरात्मक लिए भने कतिपयले शब्द चयनमा ध्यान नपुगेको बताए ।

गीतको बारेमा धेरै कुरा बाहिर आएपछि राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको बैठक बसेर गीत पुन जस्ताको जस्तै अपलोड गर्न बिज्ञप्ती समेत जारी भएको छ । केही व्यक्तिको फोनको भरमा डराएर पशुपतिले उक्त गीत फालेको बैठकमा बताएको बुझिएको छ ।

अध्यक्ष बद्री पंगेनीको हस्ताक्षर सहित बिज्ञप्ती आएकाले केही दिनमै उक्त फालिएको भिडियो युट्युबमा आउने अपेक्षा सबैको छ । यता पोखराको चिप्लेढुंगामा स्वतन्त्र नागरिकहरुको भेलामा उक्त गीत‘लुटन सके लुट’ चारपटक भन्दा बढी बजाएर सयौं मानिसहरु नाचे । पशुपति शर्माले समाजको यथार्त चित्रण गरेकाले बर्तमान सरकारलाई मन नपरेर बन्देज गरेको उनीहरुको आरोप थियो ।

सम्बन्धित खबरहरु