काठमाडौं । पुलावामा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका परिवारलाई बलिउडले सहयोग गर्ने भएको छ ।

महानायक अमिताब बच्चनले प्रत्येक परिवारलाई पाँच लाखका दरले सहयोग गर्ने जनाएका छन् । यस्तैं सुपरस्टार सलमान खानले पनि शहीद परिवारलाई सहयोग गर्ने जनाएका छन ।

सलमान खानले कत्ति सहयोग गर्ने हुन त्यो खुलाईएको छैन तर भारतका गृह राज्यमन्त्री किरेन रिजिजूले खानले सहयोग गरेको भन्दैं धन्यवाद दिएका छन ।

यस्तैं अर्का अभिनेता अक्षय कुमार पनि सुरु देखि नैं सेनाको लागी काम गर्दै आएका छन् । उनले यो हमलाको परेका परिवारका लागी पाँच करोड सहयोग दिने जनाएका छन् । सहयोग दिनेहरुको संख्या बढ्दैं गइरेको छ ।

यस अघि उद्योगपति मुकेश अम्बानीले शहीदका छोराछोरी पढाउने देखि जागिर दिनेसम्मको बचन दिएका छन् । यस्तैं, भारतीय सैनिकलाई आधार मानेर बनाईएको उरी चलचित्रले पनि शहीद परिवारलाई एक करोड दिे जनाएका छन् । तपाईलाई जानकारी गराउँ माथि उल्लेख गरिएको रकम नेरुमा भने होईन यो सब धनराशी भारुमा राखिएको हो । एजेन्सी

 

सम्बन्धित खबरहरु