काठमाडौं । काश्मिरको पलुवामा आक्रमण पछि पाकिस्तानलाई कमजोर गराउँन भारतले एक पछि अर्को कदम चालिरहेको छ । यो बिचमा भारतले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाइएको छ । अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

यस भन्दा पहिले पनि प्रतिवन्ध गर्ने कुराहरु बाहिर आएका थिए तर त्यसको उचित कार्यन्वयन हुन नसकेको जनाइएको छ । भारतमा अहिले दर्ज भन्दा धेरैं कलाकार हरु काम गर्दै आएका छन् । पलुवा घटनामा मारिएका सैनिकका परिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघले प्रतिबन्ध उल्लंघन गर्नेविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ । एएनआई

सम्बन्धित खबरहरु