काठमाडौं । नेपाली चेलीलाई अमेरिकामा उच्च सम्मान मिलेको छ । नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

सोमबार भएको चुनावमा जित हाँसील गर्दै उनी दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा पहिलो नेपाली हुन् ।

राणा यसअघि सन् २०१६ मा यसैं समितिको सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनले समितिमा रहेर रणनैतिक निर्देशकका रुपमा पनि काम गर्ने जनाइएको छ । सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको हो, यसले संसारभरबाट आएका महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्ने गर्दछ ।

सम्बन्धित खबरहरु