काठमाडौं । पछिल्लो समय पशुपति शर्माले गाएको गित “लुट्न सके लुट कान्छा” बोलको गितलाई सरकार पक्षले रोक लगाएको भन्दैं चौतर्फी बिरोध भइरहेको छ । यद्धपि सरकारका प्रवत्ता गोकुल बास्कोटाले सरकारले त्यस्तो कुनैं कदम नचालेको स्पष्ट पारेका छन् ।

यत्ता सत्ता निकट भातृसंगठन युवा संघले भने गीतमा प्रयोग गरिएका केही शब्द अपाच्य भएको हुनाले गल्ती महसुश गरेर गायक शर्मा आफैंले गीत हटाएको बताएको छ । यो यत्ति सम्म चर्चामा रह्यो कि सोमबारको संसद बैठकमा यसलाई लिएर सांसदहरुका बिचमा भनाभन समेत्त भएको छ ।

यो बेला नेपाली जनता दलका अध्यक्ष तथा पुर्ब साम्सद हरिचरण साहले भने गायक पशुपती शर्माले आफ्नो गित हटाएको भन्दैं उनलाई कालो मोसो दल्नुपर्ने जस्तो अभिव्यक्ति दिएका छन् । उनले अहिलेको सरकार भ्रष्ट्र भएको भन्दैं यस्तो सरकारसँग झुकेर शर्माले गीत हटाउँदा सम्पुर्ण नेपालीहरुको बेइज्जत भएको उनको ठहर रहेको छ । यो समाचार सिधा न्युज डट कमको सहयोगमा तयार गरिएको हो ।

सम्बन्धित खबरहरु