काठमाडौं । अहिले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई देशभरी जनसंवाद कार्यक्रम लिएर अगाडी बढीरहेका छन् । तर, प्रदेश ३ का एकमात्र प्रत्यक्ष निर्वाचित नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका सांसद तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टी प्रवेश गराउनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १३ गते रसुवा जान लागेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

तामाङ कांग्रेसमा प्रबेश गर्न लागेको बताई पनि पार्टीले आफनो आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन । उनी के कारणले पार्टी प्रवेश गर्न लागेका हुन भन्ने कुनै कुरा खुलाइएको छैन् ।

प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तामाङ र कांग्रेसका प्रभात लामा बिजयी भएका थिए । रसुवाका लोकप्रिय नेता समेत रहेका तामाङ कांग्रेसमा प्रबेश गर्न लागेको खबरको यतिबेला निकै चर्चा भईरहेको छ ।

सम्बन्धित खबरहरु