डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्ला दिनरुमा सरकारले नेपालको दुर्गम भेगमा भएका नेपाली महिलाहरुको हेलिकोप्टरमार्फत उद्धार गर्न थालेपछि स्थानीय जनतामा खुःशी छाएको छ । सरकारले सिघ्र रुपमा गर्ने उघारले गर्दा दुर्गममा सुत्केरी भएका बेला ज्यान गुमाउने महिलाहरुमो संख्यामा कमि आएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार आफ्नैं जिल्लामा वा गाउँमा सुविधासम्पन्न अस्पताल भएको भए उपचारको लागी सास्ती हुने थिएन ।

सम्बन्धित खबरहरु