काठमाडौं । विश्व समुदायले चर्चित साहित्कारलाई गुमाएको छ । भारतीय चर्चित साहित्यकार, लेखक तथा आलोचक नामवीर सिंह अब हामी बिच छैनन् । सिंहको ९२ वर्षको उमेरमा हिजो राती १२ः१५ मा उपचारको क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी करिब एक महिना देखि दिल्लीको एम्स ट्रमा केन्द्रमा जीवन रक्षा प्रणाली अन्तर्गत उपचार गराईरहेका थिए ।

तपाईलाई जानकारी गराउँ हिन्दी भाषाका उनी सबैंभन्दा ठुला लेखक तथा आलोचक रहेका थिए । उनका छायावाद, नामवर सिंह र समीक्षा, आलोचना र विचारधारा जस्ता दर्जन बढी कतिाबहरु चर्चित छन् । आलोचनाको कुरा गर्ने हो भने उनका पृथ्वीराज रासो, भाषा, इतिहास र आलोचना, कथा नयाँ कथा, कविता को नयाँ प्रतिमान, दोस्रो परम्परको खोज, वाद विवाद संवाद आदी चर्चामा रहेका छन् ।

नामवार सिंह २८ जुलाई १९२६ मा वाराणसी जिल्ला जुन अहिले चांडुली भएको छ । उक्त जिल्लाको जीनपुर गाँउमा भएको थियो । नेपाली नेपाली साहित्य क्षेत्रमा पनि महत्वपुर्ण रुपमा हेर्ने गरिएको छ । सिंह भारतमा मात्रैं नभई सम्पुर्ण दक्षिण एसियाको लागी एक महान साहित्कार भएको जानकारहरु बताउँछन् ।

सम्बन्धित खबरहरु