काठमाडौ । भ्रष्टाचारीलाई कार्बाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोग अगाडी प्रर्दशन गर्न पुगेका विवेकशील साझा पार्टीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । यस्तो छ यससम्बन्धि उक्त पार्टीका प्रवक्ताले जारी गरेको विज्ञप्ति

(प्रेस विज्ञप्ति : (प्रकाशन र प्रसारणका लागि सक्दो सेयर गरिदिन आग्रह सहित)

अर्को प्रदर्शन अख्तियार अगाडि र देशका अन्य भागमा ११ बजे, फागुन १४ गते। गिरफ्तार भएकालाई तुरून्त रिहा गर्न माग। आज अख्तियार दुरूपयोग अनुषन्धान आयोगबाहिर अख्तियारलाई सघाउने र भष्टाचारको विरोध गर्ने उद्देश्यले विवेकशील साझा पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा भएको प्रहरी धरपकड तथा गिरफ्तारीको पार्टी घोर भत्सर्ना गर्दछ।

“अख्तियारः सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार गरिएका छन्। सो प्रतिकात्मक माछामा “वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड” आदि लेखिएको थियो।

"हामी ट्र्याफिक अवरोध गर्दैनौं, लाइनबाट जान्छौं" भन्दाभन्दै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो। गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुरका जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ पनि छन्। उनीहरूलाई तुरून्तै रिहा गर्न विवेकशील साझा पार्टी माग गर्दछ।

शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनि आम रूपमा गरिन थालेको टिप्पणीलाई पुष्टी गरेको छ। साथै, विवेकशील साझाले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको छ।

विवेकशील साझा पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। आउँदो मंगलबार, फागुन १४ गते विहान ११ बजे विवेकशील साझा पार्टीले अख्तियारको अगाडि पुन शान्तपुर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि मूला नारा “सानो माछामात्र होइन, ठूलो पनि समाउ” सहित भ्रष्टाचार विरोधी प्रदर्शनहरू गर्नेछ। देशलाई भ्रष्टाचारले ध्वस्त पारेको अवस्थामा भ्रष्टाचार विरोधी अभियानमा साथ दिन विवेकशील साझा पार्टी सबै नागरिकहरूलाई आग्रह गर्दछ। - डा सूर्यराज आचार्य, प्रवक्ता - विवेकशील साझा पार्टी, मिति: ०८ फागुन २०७५

सम्बन्धित खबरहरु