काठमाडौं । लामो समय देखि अनशन बस्दैं आउँनु भएका डा. गोविन्द केसीले फेरि अनसनको चेतावनी दिनु भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले तिनबुदे माग अघि सार्नुभएको हो । विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिनुभएको छ ।

उहाँले चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए फेरि अनशन बस्ने चेतावनी दिनुभएको हो । जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजेको भन्दै आरोप लगाउँनु भएको छ ।

डा. केसीले आफ्नो माग सम्बोधकन नभए अनशन बस्ने चेतवनी दिनुभएको हो । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक कदापि स्वीकार्य नभएको बताउँदै केसीले भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा ल्याइ कारबाही गर्न माग गर्नुभएको छ ।

सम्बन्धित खबरहरु