नयाँदिल्ली । भारत र पाकिस्तानबीचको सम्बन्धमा ठुलो दरार आएको छ । पाकिस्तानलाई विश्वबाट अलग गर्ने रणनीती लिएको भारतलाई अमेरिकाले सहयोग गरेको भारतीय सञ्चारमाध्यमहरुमा खबर आइरहेका छन । मिडियामा आएको समाचारअनुसार यो भनिएको छ कि भारत र पाकिस्तानका बिचमा लडाई हुने हो भने अमेरिका भारतको पक्षमा रहेर लडाई लड्न तयार छ ।

जम्मु कश्मीरमा भएको आक्रमण पछि आक्रोशित बनेको भारतमा अहिले बदलाको आगो दन्किरहेको देख्न सकिन्छ । यो बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमला भएको केही समय पछि यसको मुल्य पाकिस्तानले चुकाउँनुपर्ने जनाएको छ । उत्ता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफुले शान्ति चाहेको तर भारतले आक्रमण गरे टुलुटुलु हेरेर नबस्ने मैदान आउँने जनाएका छन् । यि दुई देशबीचको विवादले सबैंभन्दा धेरैं दक्षिण एसियालाई पर्ने देखिएको छ ।

अमेरिका मात्रैं होईन आतंकवादका विरुद्ध सम्पुर्ण विश्व एकजुट भएर लागिरहको छ यहाँसम्म भारत जसलाई आतंकवादको जड भन्छ पाकिस्तान पनि आतंकवादको विरुद्धमा रहेको छ । यो बिचमा अमेरिकाले भारत र पाकिस्तान बिचको आतंकवादको लडाईमा भारतको साथ दिन्छु भनेको हो बल्की पाकिस्तानसँगको युद्धमा साथ दिन्छु भनेको हो ।

यता चीनले पाकिस्तानको सर्मथनमा बदलाको भाव भन्दा पनि बसेर कुरा गरेर समस्याको समधान गर्न अनुरोध गरेको छ । तपाईलाई जानकारी गराउँ यदी अमेरिका भारतको पक्षमा आउँछ भने रुस र चीन पाकिस्तानको साथमा हुन्छन् । भेनेजुएलामा सृजना भएको संकट भारत र पाकिस्तानका बिचमा सुरु हुनेछ तर यसको असर मात्रै दुई देशलाई होईन सम्पुर्ण विश्व समुदायलाई नैं हुन्छ ।

आज एक कार्यक्रमका बिच भारतका लागी अमेरिकी राजदुत केनेथ आई जेस्टरले भने, “आतंकवादको जरोसम्म पुग्नको लागी हामी भारतसँग काम गर्न तयार छौं ।” आतंकवादको मुद्दामा भारतलाई अमेरिकी सहयोगबारे उनले भने, “हामी आतंकवादको विरोध गछौं जो अहिले पाकिस्तानमा लुकेर बसेका छन् ।

हामी आतंकवाद खत्तम गर्नको लागी पाकिस्तान माथि लगातार दबाब दिईरहेका छौं । यस अघी हामीले सहयोग बन्द पनि गरेका छौं ।” उनले यस घटनाको बारेमा अमेरिकी सरकारको धारणा पेश गर्दै आतंकवादको लडाईमा अन्तिमसम्म भारतको सहयोग गर्ने बचन दिएको जनाइएको छ ।

सम्बन्धित खबरहरु