काठमाडौं । चर्चित नेपाली लोकदोहोरी गायक पशुपति शर्मा विश्वभर चर्चा र खोजीको पात्र बनेका छन् । मुलुकभित्रको भ्रष्टाचार, व्यथिति, अनियमितताविरुद्ध ‘लुट्न सके लुट’ गीत भिडियोसहित सार्वजनिक गरेपछि विकसित घटनाक्रमले उनलाई संसारभर खोजि गरिएको छ । बिहीबार सो गीत युट्युबमा अपलोड गरेपछि रातारात हिट भयो ।

गीतका शब्द र दृश्यलाई लिएर सत्तारुढ दलको भातृसंगठन युवसंघ नेपालको धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि गायक शर्माले सो गीत अपलोड गरेको दुई दिन पछि युट्युबबाट हटाए । जस कारण सरकार र सत्तारुढ दलको दबाबका कारण गीत हटाउन बाध्य पारिएको भन्दै सरकारको कडा आलोचना भइरहेको पनि छ ।

यस घटनाले मुलुकभित्र मात्रै होइन संसारभर उनलाई र उनको गीत खोजी भइरहेको छ । विश्वभरका संचारमाध्यमहरुले उनलाई स्थान दिन थालेका छन् । चर्चित भारतीय, लगायत धेरै पश्चिमा मिडियाहरुले उनलाई स्थानमा राखेका हुन् । एजेन्सी

सम्बन्धित खबरहरु