काठमाडौं । पछिल्लो समय नायिकाको रुपमा भन्दा पनि सामाजिक अभियान्ताको रुपमा चर्चित अभिनेत्री रेखा थापालाई चिन्ने गरिएको छ । उनले अहिले व्यवसायिक भन्दा पनि समाजमा चेतना दिने खालका चलचित्र निर्माण गर्न थालेकी छिन् । उनको यस्तो कार्यको अहिले नेपाली समाजमा खुलेरैं प्रशंसा हुन थालेको छ । उनैं रेखाले आफ्नो पछिल्लो फिल्म ‘मालिका’ प्रदेश २ मा प्रर्दशन गरेकी हुन् । प्रदेश २ मा झण्डै एक हजार किशोरीहरुलाई निःशुल्क रुपमा फिल्म देखाइएको छ ।

 

 

छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान तथा ‘बेटी पढाउ बेटी बचाऊ’ अभियानलाई सफल बनाउनको लागि रेखा प्रदेश २ मा पुगेकी हुन् । उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन । जोन्टा क्लब काठमाण्डौंको साझेदारी गरेर फिल्म प्रर्दशन गरिएको छ । बालविवाह विरुद्ध आवाज उठाइएको फिल्म हरेक गाँउका किशोरीले हेर्न पाउँनुपर्छ भन्ने मनोसायले रेखाले विभिन्न ग्रामिण भेगमा फिल्म मालिका प्रर्दशन गरिरहेकी छन् । फिल्म मालिकालाई रेखा थापाले आफैंले निर्देशन गरेकी हुन् ।

सम्बन्धित खबरहरु