काठमाडौं । नेपालका नाममा फेरि अर्को विश्व कीर्तिमान कायम हुने भएको छ । चितवनका एक युवाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका आयोजित एक कार्यक्रमका बीच २६ वर्षीय युवा नारायण आचार्यले एक मिनेटमा १३३ वटा मैनबत्ती निभाएर विश्व कीर्तिमान कायम गर्नुभएको हो । एसिया मेडिकल कलेजमा दन्त चिकित्सा अध्ययन गरिरहेका आचार्यले यसअघि जमैकन नागरिकको कीर्तिमान तोड्नु भएको छ ।

जमैकन नागरिकले यसअघि एक मिनेटमा ९७ वटा मैनबत्ती निभाउनु भएको थियो । १४ डिसेम्बर २०१७ मा अश्रिता फरम्यानको नाममा रहेको विश्व कीर्तिमान आचार्यले तोडेर नेपालको नाममा ल्याउन सफल हुनु भएको छ । आचार्यले हातको दुइटा औँला प्रयोग गरेर लहरै राखिएका १३३ वटा बलिरहेका मैनबत्ती निभाउनु भएको हो । अब आचार्यले गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा भिडियोसहितका सामग्री पठाए पछि आर्चायलाई विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित खबरहरु