काठमाडौं र जनताले उत्पादन गरेको वस्तुको उचित मुल्य नपाईरहेको बेला सरकारको नयाँ घोषणा आउँन लागेको छ । सरकारले खेती योग्य जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गर्न लागेको हो । संघीय संसदमा पेश गरिएको ‘भू उपयोग विधेयक’ मा खेती योग्य जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्न सकिने व्यवस्थासहितको कडा प्रावधान राखिएको छ ।

कृषि उत्पादन बढाउन सरकारले सो बाध्यकारी व्यवस्था ल्याउन लागेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले जानकारी दिनुभयो । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अर्यालले कृषि योग्य जमिन बाँझो नराख्न किसानलाई अनुदान, औजार, बीउबीजनलगायतका आवश्यक सबै सामग्रीको व्यवस्था पनि गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले कृषि योग्य जमिन बाँझो नराख्न आगामी ३ वर्ष जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि ल्याउने मन्त्रीले जानकारी गराउँनुभयो । मातपोत तथा नापी विभागहरुमा हुने भ्रष्टाचार अन्त्यका लागि सबै सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने पनि मन्त्रीले जनाउनुभयो ।

सम्बन्धित खबरहरु