काठमाडौं । एक अपरिचित समुहद्धारा पत्रिका जलाईएको छ । अज्ञात समूहले सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएको हो । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको विभिन्न राष्ट्रिय पत्रिकामा आगो लगाइएको छ । पसल सञ्चालक दिनेश देवका अनुसार बिहान पसल खोल्न पुग्दा पसल अगाडी पत्रिका जलिरहेको थियो ।

उहाँले भन्नुभयो, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यस बारेमा केही थाहा भएन ।” करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भएको छ ।

सम्बन्धित खबरहरु