बिजुली चोर्दा करेन्ट लागेर २ को मृत्यु


महोत्तरी । चोरी कर्मले महोत्तरीमा २ जनाले ज्यान गुमाएका छन् । बिजुली चोरी गर्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । लोहारपट्टी नगरपालिका वडा नं। २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।

 

बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिए । उनका अनुसार लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।

टनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । हुकिङ गरेर बिजुली प्रयोग गर्नु गैरकानुनी मानिन्छ । तर, यही फागुन ८ गते कैलालीको धनगढीमा सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा पनि बिजुली हुकिङ गरेर प्रयोग गरिएको थियो । त्यही कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
माध्यामिक तहको गणित विषयमा पहिले नै यस्तो खालको परिमार्जन
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता