काठमाडौ । तपाईका सन्तान स्कुल राम्रो शिक्षा आर्जन गरेर सुन्दर भविष्य बनाउनको लागि जान्छन् । अहिले समाज यत्तिसम्म स्वार्थी बनेको छ कि बिहान स्कुल गएको छोराछोरी बेलुका घर फर्कदैन । छोरीको बलात्कार पछि हत्या हुन्छ भने छोराको अपहरण पछि हत्या हुन्छ ।

सोच्दापनि कस्तो डरलाग्दो घटना हो यो बिहानैं आफ्नैं आँखा अगाडी विदाई भएर स्कुल गएको सन्तान दुई हप्दा भैसक्दासम्म सम्पर्कमा आउँदैन । सन्तान हराएको १२ दिन पछि आफ्ना जुम्ल्याह सन्तानको शव फेला पर्छ । यस्तो घटना देख्दा कुन चाँही आमाबाबुको मन रुदैन होला ? यस्तैं घटना नेपाली समाजमा पनि भइरहेका छन्, तर अहिले हामीले कुरा गर्दै गरेको घटना नेपालको भने होईन ।

नेपालको छिमेकी देश भारतको मध्य प्रदेश राज्यमा भएको यो घटना हो । जहाँ एक दम्पतीले आफ्ना जुमल्याह सन्तान गुमाउनु परेको छ । गएको १२ फेब्रवरीमा अपहरणमा परेका उनीहरुको हिजो शनिबार हत्या गरिएको खुल्न आएको छ । मध्य प्रदेशको चित्रकुट जिल्लामा पाँच वर्षका दुई बालकको स्कुल बसमा बन्दुक देखाएर अपहरण गरिएको थियो ।

अहिले यस घटनाले मध्य प्रदेश पुरै शोकमा डुबेको छ । मृतकका पिताले भनेका छन,“अपहरणकारिले म सँग ५० लाख मागेका थिए जस मध्य मैंले २० लाख त दिएको पनि थिए ।” यस घटना पश्चात यो जिल्लामा तनाब उत्पन्न भएको छ । हालैं सरकारमा आएका कांग्रेस नेता कमलनाथ माथी प्रश्न सोझिएको छ ।

उनले प्रदेशका जनताको सुरक्षामा ध्यान दिन नसकेको साँच्चैं हो त यो प्रश्न पुर्व मुख्यमन्त्री, शिवराज चौहान र अखिलेष यादवले कमलनाथ सरकारसँग गरेका छन् । हिजो राती यमुना नदीमा दुई भाइको शब फेला परेको हो । घटनाको लागी सरकारले ५०० सुरक्षाकर्मि विभिन्न क्षेत्रमा खटाएको थियो ।

प्रियांश र श्रेयांश हत्यामा संलग्न भएको भन्दैं प्रहरीले उनीहरुका एक शिक्षक सहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । घटनाको बारेमा अध्यन भइरहेको हुँदा हत्या कसले गरेको भन्ने खुल्न सकेको छैन । नेपालसँग सीमा जोडिएका जिल्लाहरुमा यस्ता डरलाग्दा घटना हुनु आफैंमा खत्तरानाक र चिन्ताजनक विषय हो ।

सम्बन्धित खबरहरु