दुल्लु । दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय फैसला गरेको छ । वर्ष २९ की जौकला भनिने शर्मिला बुढाले आठ महीनाअघि विष खुवाई नौ वर्षीया छोरी भावनाको हत्या गरेको ठहर गर्दै अदालतले आज २० वर्ष जन्मकैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट सो फैसला गरिएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो ।

गत असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिनमा विष घोलेर खुवाएका कारण भावनालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । घटनामा १३ वर्षीय छोरा भूपेन्द्रलाई समेत विष खुवाइ नेपालगञ्ज पु¥याएर उपचार गरी निको भई घर फर्किएपछि गत असार २६ गते शर्मिलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । रासस

सम्बन्धित खबरहरु