काठमाडौं । पोर्न उद्योगमा एक वर्ष राज गरेकी मिया खलिफाको जन्म अमेरिकामा भएको होईन । उनको जन्म फेब्रवरी १०, १९९३ मा लेबनानमा भएको थियो । उनले पोर्नोग्राफी उद्योगमा नाम र दाम दुबै पाएकी थिइन् । उनले यस उद्योगमा जम्मा एक वर्ष काम गरेको एजेन्सीहरुको दाबी रहेको छ ।

मियाले पोर्न उद्योगमा सन् २०१४ देखि २०१५ सम्म यस क्षेत्रमा काम गरेको जानकारीमा आएको छ । लेबनान जो एक मुस्लिम बाहुल्यता भएको देशको रुपमा चर्चामा रहेको छ । उसले मियालाई समयसमयमा ज्यान मार्ने धम्की पनि दिने गरेका समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समयसमयमा आउँने गर्दछन् । अहिले मिया अमेरिकी नागरिक भएकी छिन् ।

उनी सन् २००१ मा अमेरिका अध्यनको लागि आएको भनिएको छ । अध्ययन पश्चात उनले यस उद्योगमा प्रवेश पाएको जनाइएको छ । उमेरले अहिले २६ वर्ष पुगेकी उनी अहिले मोडलको रुपमा चर्चामा रहेकी छिन् । उनले अहिले पोर्न उद्योग त्याग गरेको विकिपीडियाले जनाएको छ । अहिले पनि विश्वभर उनका भिडियोहरुलाई हेर्ने र उनलाई खोज्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

भारतीय चलचित्र क्षेत्रमा चर्चामा रहेकी सन्नी लियोनी पनि सर्वाधिक दर्शकको रोजाईमा पर्ने गर्छिन । लियोनीले पोर्न चलचित्र छोडेको अहिले करिब आठ दश वर्ष भन्दा धेरै भएको छ । उनको जन्म क्यानडामा भएको र उनीसँग अमेरिकन नागरिकता भएको पनि एजेन्सीले उल्लेख गरेको छ । उनको जन्म मेमे १३, १९८१ मा भएको थियो । उनका मातापिता भारत पञ्जाब राज्यका हुन् ।

उनले बलिउडमा दर्जन भन्दा धेरै चलचित्र, म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । अहिले उनलाई पोर्न स्टारको रुपमा भन्दा पनि एक सफल अभिनेत्रीको रुपमा हेर्ने गरिएको छ । सन्नीको विवाह भइसकेको छ उनी तीन बच्चाकी आमा पनि हुन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु