कुलमान घिसिङको अर्को जादु : अब सडकका बिजुलीका तार सबै जमिन मुनी


काठमाडौ । काडमाडौ उपत्यकाको सौन्दर्यतामा विद्युतको जथाभावी रहेका तारका लट्ठा र गुजुल्टोले निकै असर पारेको छ । काठमाडौँका मुख्य सडक र गल्लीहरु हेर्दा अस्तव्यस्त र कुरुप देखिन्छन् । साथै बेलाबेला तार चुँडिएर वा खिइएर हुने आगलागी र करेन्टका दुर्घटना पनि भइरहेको हुन्छ ।

 

सडक र फुटपाथमै तुर्लुंग तार झुण्डिएका हुन्छन् । अब भने काठमाडौँका सडक र गल्लीमाथि देखिने तारका गुजुल्टाहरु व्यवस्थित गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई पोलमा झुन्डिएका विद्युत्का तारबाट मुक्त बनाउने भएको छ ।

प्राधिकरणले यसका लागि विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको क्षेत्रमा पर्ने झन्डै ६ सय किलोमिटर ११ केभी र ४ सय भोल्टेज वितरण लाइनलाई भूमिगत गरिनेछ ।

यो काम गर्न प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कम्पनी छनोटसमेत गरिसकेको छ । तर, सम्झौता भने हुन बाँकी छ । छनोटमा परेको भारतीय कम्पनी केइआई इन्डिस्ट्रिज इन्डियालाई २८ दिने सूचना दिएर सम्झौता गर्न आउन पत्राचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
माध्यामिक तहको गणित विषयमा पहिले नै यस्तो खालको परिमार्जन
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता