काठमाडौं । लामो समयसँगैं काम गरेर लामो समय देखि विवादमा रहेका चर्चित भारतीय कमेडियन फेरि एकसाथ देखिने भएका छन । कुनै समय कपिल शर्मा र सुनिल ग्रोबर मिल्ने साथी रहेका उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो । विदेशमा भएको एक कार्यक्रमकाबीच कपिलले सुनिलमाथि दुव्र्यवहार गरेको कुराहरु मिडियामा आएका थिए ।

यो विचमा उनीहरुबिच पानी बाराबार अवस्था सृजना हुन गयो धेरैजनाले उनीहरुबीच मिलाप गराउन पनि खोजे तर, सकेनन् । तर, अब उनीहरुबीच सकारात्मक सम्बन्ध विस्तारका लागि सलमान खान अगाडि आएका छन् । अब कपिलको शोमा सुनिल ग्रोबर पनि आउने भएका हुन ।

फिल्म भारतका लागि प्रोमोशनका लागि उनी कपिलको शोमा आउने भएका हुन् । मिडिया रिपोर्टका अनुसार भारत फिल्ममा सुनिलको महत्वपुर्ण भुमिका रहेको छ । यो सँगैं उनी शोमा रहन्छन वा रहँदैनन भन्ने अहिले सबैको चासोको विषय बन्न पुगेको छ । एजेन्सी

सम्बन्धित खबरहरु